हेटौंडाः लायन्स क्लब अफ हेटौंडा नारायणी मलको अध्यक्षमा सन्तोष पराजुली चयन हुनुभएको छ । क्लबको बैठकले पराजुलीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा पर्वतराज बर्तौला, द्वितीय उपाध्यक्षमा डा. आशिष सुवेदी, सचिवमा रामचन्द्र रेग्मी र कोषाध्यक्षमा जीवन कोइराला चयन हुनुभएको छ ।
क्लबका पूर्वअध्यक्षहरु डा. सुन्दर श्रेष्ठ, प्रल्हाद मिश्र र अञ्जन दाहालको उपस्थितिमा क्लबका अध्यक्ष मिलन थापा मगरको अध्यक्षतामा मंगलबार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पराजुलीले पूर्वअध्यक्षहरुको सल्लाहमा कार्यसमितिले क्लबका सबै सदस्यको सल्लाह, सुझावमा उपयुक्त कार्य गर्ने बताउनुभएको छ ।
पराजुलीले हेटौंडाको चौकीटोलस्थित ज्योति पुस्तकालय सुचारु गर्ने पनि उल्लेख गर्नुभएको छ । लायन्स क्लब अफ हेटौंडा नारायणी मलमा १७ जना सदस्य छन् ।