हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले शनिबार वनभोज कार्यक्रम गरेको छ । पत्रकारहरुलाई पुनर्ताजगी गराउादै एकआपसमा सद्भाव बढाउने उद्देश्यले वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मधु अधिकारी, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु राममणि दाहाल र भानुभक्त आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्षहरु रुपेश दुलाल र सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा, महासंघका बागमती प्रदेश सदस्य सुदिप शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष सरला अधिकारीले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा महासंघलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई प्रशंसापत्र वितरण गरिएको थियो । महासंघको एघारौं अधिवेशनलाई सफल पार्न अहम् भूमिका खेल्ने निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद चौलागाईं, निर्वाचन समितिका सदस्यहरु ऋषि के.बी. र मधु आचार्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।