मकवानपुर जिल्ला अदालत

हेटौंडाः जिल्ला अदालत मकवानपुरले सोमबार ८ वटा मुद्धा फैसला गरेको छ । २७ वटा मुद्धाको पेशीमध्ये अदालतले ८ वटा मुद्धाको फैसला गरेको हो । अदालतले १८ वटा मुद्धाको आदेश जारी गरेको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको छ ।

सोमबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ४ वटा मुद्धाको पेशी तोकिएकोमा ४ वटै मुद्धाको आदेश जारी भएको छ । न्यायाधीश कमलराज विष्टको इजलासमा ६ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला भएको छ भने ३ वटा मुद्धाको आदेश जारी भएको छ ।

यस्तै न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ११ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला भएको छ । श्रेष्ठको इजलासले ८ वटा मुद्धाको आदेश जारी गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासमा ६ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धाकोे फैसला भएको छ । इजलासले ३ वटा मुद्धाको आदेश जारी गरेको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । मंगलबारका लागि जिल्ला अदालत मकवानपुरले २२ वटा मुद्धाको पेशी तोकेको श्रेस्तेदार भट्टराईले बताउनुभयो ।