Home मुख्य समाचार पत्रकार महासंघको टिमलाई मउवासंघद्वारा स्वागत

पत्रकार महासंघको टिमलाई मउवासंघद्वारा स्वागत

पल्पसा सदन निर्माणको कार्य पूरा गर्न व्यवसायी दीपचन्द्र अग्रवालले सोमबार सहयोग रकम संघका अध्यक्ष कृष्ण कटुवाललाई हस्तान्तरण गर्नुहुँदै ।

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार नेपाल पत्रकार महासंघ मकवानपुरशाखाका नवनिर्वाचित कार्यसमिति र प्रदेश तथा केन्द्रमा निर्वाचित मकवानपुर जिल्लाका पत्रकारहरुको सम्मानमा स्वागत कार्यक्रम गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले निर्माणाधीन पल्पसा सदनमा स्वागत कार्यक्रम गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित पत्रकारहरुलाई अबिर र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरको उपचार कोषका लागि संघको तर्फबाट ७५ हजार रुपैयाँ सहयोग गरिएको छ । यस्तै संघका साधारण सदस्य दीपचन्द्र अग्रवालले पल्पसा सदन निर्माणका लागि संघलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठसहित वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य तथा संघका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version