Home खेलकुद पाँचौ राजर्षि जनक कप फुटबलको उपाधि पिप्ले युवा क्लबलाई

पाँचौ राजर्षि जनक कप फुटबलको उपाधि पिप्ले युवा क्लबलाई

हेटौंडाः सर्लाही जिल्लामा सोमबार सम्पन्न पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको पिप्ले युवा क्लबले जितेको छ । सडेनडेथमा आयोजक बागमती नगरपालिकालाई पराजित गर्दै हेटौंडाको पिप्ले युवा क्लबले पाँचौ राजर्षी जनक कप रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको हो ।

क्लबका नियमित कप्तान अमिर श्रेष्ठ बिना नै मैदान प्रवेश गरेको पिप्लेले निर्धारित समय ३-३ गोलको बराबरी खेलेको थियो । टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेल सडेन डेथमा धकेलिएको थियो । उपाधिसँगै पिप्लेले १० लाख १ हजार रुपैयाँ राशिको पुरस्कार हात पारेको छ ।

Exit mobile version