हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न सहसचिव शिवराज चौलागाई आउनुभएको छ । उपसचिवबाट सहसचिवमा बढुवा हुनुभएका चौलागाईले सोमबारदेखि जिम्मेवारी सम्हाल्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको ३५ औं दिनमा शिवराज चौलागाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्न आइपुग्नु भएको हो ।
गत फागुन २६ गते प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेको सरुवा भएपछि एक महिनाभन्दा बढी समयदेखि हेटौंडा उपमहानगर प्रमुख प्रशासकीय अधिकृतविहिन थियो । प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा उपमहानगरपालिकाको आर्थिक कारोबार प्रभावित हुनुका साथै नगर क्षेत्रका शिक्षकहरुले तीन महिनादेखि तलब पाउन सकेका छैनन् । सोमबार उपमहानगरका कर्मचारीले चौलागाईलाई स्वागत गरेका छन् ।