Home मुख्य समाचार बागमती प्रदेशमा घटना स्थलमा खटिने प्रहरीले एकै खालको पोशाक लगाउने

बागमती प्रदेशमा घटना स्थलमा खटिने प्रहरीले एकै खालको पोशाक लगाउने

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतको २१ वटा प्रहरी कार्यालबाट घटनास्थलमा खटिने प्रहरी कर्मचारीले एकै खालका पोशाक लगाउने भएका छन् । सादा पोशाकमा रहेर अपराध अनुसन्धानसँग विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरी कार्यालय हेटौंडाले पोशाकको व्यवस्था मिलाएको हो ।

सोमबारबाट घटना स्थलमा जाने प्रहरीले कर्मचारीले पोशाक लगाउने कार्यको सुरुवात भएको छ ।
अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाउनुपर्ने भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बताउनुभयो ।

अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीहरुको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले बागमती प्रदेशभर घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरुले पोशाक प्रयोग गर्नुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीको भनाई छ ।