हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा एपीएफले घरेलु टोलिलाई हराएको छ । आइतबारको खेलमा रिगल रिसोर्ट हेटौंडा, मकवानपुर ११ लाई २–० गोलले पराजित गरेको हो । हारसँगै घरेलु टोलि मकवानपुर–११ प्रतियोगिताबाट बाहिरिएको छ ।
एपीएफले दुवै गोल खेलको दोस्रो हाफमा गरेको होे । दोस्रो हाफको २६ औं मिनेटमा एपीएफका प्रदीप लामाले र ४५ औं मिनेटमा एपीएफकै मान बहादुर रानाले गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच एपीएफका प्रदीप लामा घोषित हुँदैे नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । एपीएफले अब सेमिफाइन प्रवेशको लागी थ्रि स्टार क्लबसँग चैत्र १९ गते खेल्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ ।