हेटौंडाः हेटौंडा उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुको प्रधानाध्यापकहरुको बैठक आज शुक्रबार आयोजना गरिएको छ । बैठक सिद्धार्थ माध्यमिक विद्यालयमा डाकिएको हो ।
उपमहानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ आयोजनासम्बन्धमा छलफल गर्न प्रधानाध्यापकहरुको बैठक बोलाइएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत सुनिता महर्जनले जानकारी दिनुभएको छ । प्रतियोगितामा कुन–कुन विद्यालय, कुन–कुन प्रतियोगतामा सहभागी हुने, कतिजना विद्यार्थी खेलाडीहरु सहभागिता रहने र कति विद्यालयहरुले प्रतियोगितामा भाग लिनेलगायतका विषयको जानकारी लिन बैठक बस्न लागिएको हो । बैठकपश्चात् कति विद्यालयका कति विद्यार्थी प्रतियोगितामा सहभागी हुनेछन् भन्ने मोटामोटी जानकारी प्राप्त हुने भएकाले प्रतियोगिताको तयारी गर्न सहज हुने शिक्षा अधिकृत महर्जनले जानकारी दिनुभयो ।