Home मुख्य समाचार दलित सशक्तिकरण विधेयक बागमती प्रदेशलाई हस्तान्तरण

दलित सशक्तिकरण विधेयक बागमती प्रदेशलाई हस्तान्तरण

हेटौंडाः दलितसम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएको समता फाउन्डेशनले दलित सशक्तिकरण विधेयकको मस्यौदा बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

बुधबार समता फाउन्डेशसनका केन्द्रिय अध्यक्ष प्रदिप परियारले बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडललाई मस्यौदा हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले विधेयकको मस्यौदा ग्रहण गर्दै आवश्यकता अनुसार प्रदेश सरकारले त्यसलाई थपघट गरेर विधेयक संसदमा पेश गर्ने बताए । उनले सातौ अधिवेशनबाटै विधेयक पास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

यसअघि समता फाउन्डेशनको सक्रियतामा प्रदेश २ ले दलित सशक्तिकरण ऐन, २०७४ जारी गरिसकेको छ । सुदुरपश्चिम प्रदेशमा सोही विधेयक दर्ता भई ऐन जारी हुने प्रक्रियाम छ । कर्णाली प्रदेश र लुम्बिनीमा दलित सशक्तिकरण विधेयकबारे छलफल भई सामाजिक विकास मन्त्रलायलाई हस्तान्तरण गरिएको छ । यस्तै प्रदेश १ मा सरोकारवालाहरुसँग छलफल गरेर हस्तान्तरण गर्न बाँकि रहेकोे फाउन्डेशनको अध्यक्ष प्रदिप परियारले जानकारी दिए ।

Exit mobile version