हेटौंडाः जिल्ला अदालत मकवानपुरले मंगलबार १७ वटा मुद्धा फैसला गरेको छ । मंगलबारका लागि पेशी तोकिएका ३४ वटा मुद्धामध्ये १७ वटा मुद्धा फैसला भएको हो । अदालतले १४ वटा मुद्धाको आदेश जारी गरेको छ भने ३ वटा मुद्धाको पेशी स्थगित भएको थियो ।

मंगलबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ८ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला भएको छ । उक्त इजलासले ४ वटा मुद्धाको आदेश जारी गरेको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको छ । न्यायाधीश कमलराज विष्टको इजलासमा ५ वटा मुद्धाको पेशी तोकिएकोमा ३ वटा मुद्धाको फैसला गरेको छ भने २ वटा मुद्ध पेशीको आदेश जारी गरेको थियो ।

यस्तै, न्यायाधीश मनोज श्रेष्ठको इजलासमा १२ वटा मुद्धाको पेशी तोकिएकोमा ४ वटा मुद्धाको फैसला भएको छ । ६ वटा मुद्धाको आदेश जारी गरेको छ भने २ वटा मुद्धाको पेशी स्थागित भएको थियो । न्यायाधीश सीता शर्मा आधिकारीको इजलासमा ९ वटा मुद्धाको पेशी तोकिएकोमा ७ वटा मुद्धाको फैसला भएको छ भने २ वटा मुद्धाको आदेश जारी भएको थियो । जिल्ला अदालत मकवानपुरले बुधबारका लागि २४ वटा मुद्धाको पेशी तोकिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभयो ।