हेटौंडाः हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल हस्पिटल प्रालिको छैठौं वार्षिकोत्सव सोमबार आयोजना गरिएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले विविध कार्यक्रमको आयोजना गरेको थियो । हस्पिटलका कर्मचारी तथा स्वास्थ्यकर्मीबीच विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो ।
हस्पिटलका अध्यक्ष गोकर्णप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद प्रतियोगितामा विजयी सहभागीलाई पुरस्कृत गरिएको थियो । यस्तै हस्पिटलको विभिन्न विभागमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो । अति सघन उपचार कक्षसहितको विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको चुरेहिल हस्पिटलको वार्षिकोत्सव समारोहमा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाको पनि उपस्थिति रहेको थियो । वार्षिकोत्सवको अवसरमा आइतबार चुरेहिल हस्पिटलले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।