पूर्वप्रधानाध्यापक विशाल कुमार विडारीलाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले भुटनदेवी माविका पूर्व प्रधानाध्यापकहरू विशालकुमार विडारी, अवधेशलाल कर्ण र विष्णुप्रसाद गौतमलाई सम्मान गरेको छ । पूर्वविद्यार्थीको साझा संगठन भुटनदेवी आल्मुनाई एसोसिएसनको शनिबार सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा मित्रमिलन समारोहमा पूर्वप्रधानाध्यापकहरुलाई सम्मान गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा एसोसिएसनका अध्यक्ष प्रद्युम्न उपाध्यायको सभाध्यक्षतामा साधारणसभाको उद्घाटन समारोह भएको थियो । साधारणसभाबाट श्रीकृष्ण पराजुलीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । आल्मुनाई एसोसिएसनको उपाध्यक्षमा विष्णुगोपाल महर्जन, महासचिवमा अनिल खड्गे, सचिवमा राजेन्द्र पोखरेल र कोषाध्यक्षमा चन्द्र बहादुर थापा चयन हुनुभएको छ ।

यस्तै सदस्यमा पुष्पराम थापा, अच्युत पराजुली, श्याम प्रसाद श्रेष्ठ, ध्रुवराज शर्मा, कपिला जोेशी, प्रमिला अर्याल, अक्कल सिं लामा चयन हुनुभएको छ ।