हेटौंडाः हेटौंडा–५ भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्स्टिच्युट २५ वर्षमा प्रवेश गरेको । इन्स्टिच्युटले सञ्चालनको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरी रजतजयन्ती मनाउने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबार रजत जयन्ती विशेष कार्यक्रम हुने मकवानपुर टेक्निकल इन्स्टिच्युटका निमित्त निर्देशक चन्द्रशेख पण्डितले जानकारी दिनुभएको छ । आफ्ना शैक्षणिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय प्राविधिक शिक्षाको मूल नारालाई सार्थक बनाएको परिणामस्वरुप यस संस्थाले २५ वर्ष पार गरी रजत महोत्सव मनाउन लागेको पण्डितले बताउनुभएको छ ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत, लामो समयदेखि जनताको श्रम जनतामै पुर्याउँदै आफू पनि बाँच अरुलाई पनि बचाऊ भन्ने हेतुले क्रियाशील तथा छात्रवृत्तिमा पर्न सफल विद्यार्थीहरु र स्वास्थ्य शिक्षामा योगदान पुर्याएका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिनेछ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहने बताइएको छ ।