हेटौंडाः जिल्ला अदालत मकवानपुरले आइतबार ५ वटा मुद्धा फैसला गरेको छ । आइतबारका लागि पेशी तोेकिएका २७ वटा मुद्धामध्ये ५ वटा मुद्धा फैसला भएको हो । अदालतले ११ वटा मुद्धाको आदेश जारी गरेको छ भने ११ वटा मुद्धाको पेशी स्थगित भएको छ ।
आइतबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ९ वटा मुद्धाको पेशी तोकिएकामा ३ वटा मुद्धाको फैसला भएको छ भने ६ वटा मुद्धाको आदेश जारी गरिएको छ । न्यायाधीश कमलराज बिष्टको इजलासमा ८ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धाको फैसला भएको छ । बिष्टको इजलासमा सुनुवाई भएको ५ वटा मुद्धाको आदेश जारी गरेको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको छ ।
न्यायाधीश मनोज श्रेष्ठको इजलासमा ८ वटा मुद्धाको पेशी तोकिएकोमा ८ वटै मुद्धाको पेशी स्थगित भएको थियो भने न्यायाधीश सीता शर्मा आधिकारीको इजलासमा पेशी तोकिएका २ वटा मुद्धाका पनि पेशी स्थगित भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टरँईले जानकारी दिनुभयो ।