हेटौंडाः जिल्ला अदालत मकवानपुरमा १ हजार ४० मुद्धाहरु फछ्यौट हुन बाँकि रहेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा १९ सय २५ मुद्धाहरु मध्ये जिल्ला अदालत मकवानपुरले आजको मितिसम्म ८८५ मुद्धाको मात्रै फैसला गरेको छ ।
चालु वर्षको आजको मितिसम्म १ हजार ११ मुद्धा दर्ता भएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।
उनले अघिल्लो आर्थिक वर्ष ०७६/७७ बाट ९ स १४ मुद्धा संख्या जिम्मेवारी सरेर आएको बताए । २ वर्ष नाघेको ४ थान मुद्धाको फैसला हुन नसकेको उनले बताए । यस्तै जिल्ला अदालत मकवापनुरमा १८ महिना कटेको ६६ मुद्धाहरु फैसला नभएर प्रक्रियामा रहेको छ ।
१ वर्ष देखि १८ महिनासम्म १६६ मुद्धाको फैसला हुन बाँकि भएको श्रेस्तेदार भट्टराईले जाकारी दिए । कोभिड–१९ को कारण देश लकडाउन न्याय सम्पादनमा असर परेको छ । जिल्ला अदालत मकवानपुरले चालु वर्षमा १ हजार ७ सय १४ थान मुद्धाको फैसला गर्ने लक्ष्य लिएपनि हालसम्म ८८५ मुद्धा मात्रै किनारा लगाउन सकेको छ । जिल्ला अदालत मकवानपुरमा अहिले ४ जना न्यायधीसहरु छन् ।