हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा एक सय वर्षीय छविलाल लामिछानेलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइएको छ । आइतबार पहिलो दिन ६५ वर्षमाथिका ३७ जना महिला र ५१ जना पुरुष गरी ८८ जनालाई खोप सेवा प्रदान गरिरएको छ ।
कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले स्वास्थ्यकर्मीलाई खोप दिएर सुरु भएको थियो । यसैगरी हेटौंडा उपमहानगरपालिकामा रहेको दुईवटा खोप केन्द्रबाट आइतबार ७ सय ४५ जनाले खोप लगाएका छन् । हेटौंडा हस्पिटलबाट ३ सय ४ जना र हटिया शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट ४ सय ३ जनाले खोप सेवा लिएका हुन् ।
हेटौंडा उपमहानगरपालिकामा मात्रै ६५ वर्ष कटेको २० हजार जनाले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । सोमबार पदमपोखरी स्वास्थ्य चौकी तथा हेटौंडा अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख भोला चौलागाईंले जानकारी दिनुभयो ।