हेटौंडाः वृद्ध भत्ता र अपाङ्ता भत्ता पोल्टो (थैली) सम्म पुर्याउने अभियानको सम्बन्धमा सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालमार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइएको छ । राज्यद्वारा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया प्रभावकारी नभई राज्यलको नीतिअनुसार लक्षित व्यक्तिसम्म पुग्ने नसकेकाले सो सम्बन्धमा ध्यानाकर्षण गराएको अभियान ईन्द्रजित घलानले बताउनुभयो ।
उहाँले घरघरमै पुगेर भत्ता वितरण गर्न कर्मचारी खटाइनुपर्ने तथा दुरदराजबाट बैंकसम्म आउन बृद्धहरुलाई कष्ट भएका कारण राष्ट्रपतिको ध्यानाकर्षण गरिएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले छिट्टै राष्ट्रपति कार्यालयमा उक्त पत्र पठाइने जानकारी दिनुभयो ।