हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्तरीय भलिबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना रहेको वडास्तरीय भलिबल प्रतियागिताको ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले उद्घाटन गर्नुभएको हो ।

५ नम्बर वडाभित्रका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा सञ्जीवनी भलिबल टिम, हेटौंडा सिटी कलेज, जीएस निकेतन र ज्ञानोदय बालबाटिका टिम सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको फाइनल आज शनिबार दिउँसो २ः३० बजे हुने कार्यक्रम संयोजक सुशील घिमिरले जानकारी दिए ।

जानकी चौधरीको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का सदस्य ज्ञानबहादुर थापा, ढुंगेधारा पर्यटन विकास समितिका अध्यक्ष किशोर ढुंगानालगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक घिमिरेले बताउनुभयो ।