हेटौंडाः हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई नेपाल रेयूकाईले नगदसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रेयुकाईले सोमबार नगद १० हजार पाँच सय रुपैयाँसहित डस्टबिन, सेनिटाईजर, कुचो, मास्क हस्तान्तरण गरेको हो ।

रेयूकाईका केन्द्रीय अध्यक्ष कैलाश विक्रम शाही, वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेल, रेयूकाई केन्द्रिय कोषाध्यक्ष अमित श्रेष्ठ, सदस्य प्रकाश भुजेल शाखा निर्देशक निरजभक्त माथेमा, उपनिर्देशक योगेश्वर श्रेष्ठ र माला राजभण्डारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । ज्येष्ठ नागरिकलाई सेवा गर्ने, समाजप्रति सकारात्मक सोच निर्माण गर्ने, विश्व शान्तिका लागि योगदान गर्ने, असल नेतृत्व बनाउन आफ्ना पुर्खाहरुलाई स्मरण गरी आफ्नो घर, समाज र देशलाई पुर्खा स्मरण गर्ने व्यक्तिहरु निर्माण गर्दै जाने रेयूकाई शिक्षा प्रवर्धन समितिका संयोजक मोहनलाल लिगले जानकारी दिनुभयो ।