हेटौंडाः वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थ माविका सर्वज्ञरत्न खतिवडा प्रथम हुनुभएको छ । रेडियो थाहा सञ्चारको तेह्रौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी १४ विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा निर्मल माविकी सपना बर्तौला द्वितीय र हेटौंडा एकेडेमीकी श्रमिका कँडेल तृतीय भएका छन् । प्रथम हुनेलाई नगद पाँच हजार, द्वितीय हुनेलाई नगद तीन हजार र तृतीय हुनेलाई दुई हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमको अध्यक्षता तथा नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।