हेटौंडाः जिल्ला अदालत मकवानपुरले मंगलबार ९ वटा मुद्धाको फैसला गरेको छ । मंगलबारका लागि तोकिएको २३ वटा मुद्धाको पेशीमध्ये ९ वटा मुद्धा फैसला भएको हो । अदालतले ११ वटा मुद्धाको आदेश जारी गरेको छ भने ३ वटा मुद्धाको पेशी स्थगित भएको छ ।
मंगलबार न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा ६ वटा मुद्धाको पेशी तोकिएकोमा २ वटा मुद्धाको फैसला तथा ३ वटा मुद्धाको आदेश जारी गरेको छ भने एउटा मुद्धाको पेशी स्थगित भएको छ । यस्तै न्यायाधीश कमल विष्टको इजलासमा तोकिएको ६ वटा मुद्धाको पेशीमा २ वटा मुद्धाको फैसला भएको छ भने ३ वटा मुद्धाको आदेश जारी र एउटा मुद्धाको पेशी स्थगित भएको छ । न्यायाधीश मनोज श्रेष्ठको इजलासमा परेका ५ वटा मुद्धाको पेशीमध्ये २ वटा मुद्धाको फैसला, २ वटा मुद्धाको आदेश जारी र एउटा मुद्धाको पेशी स्थगित भएको छ । यस्तै, न्यायाधीश सीता शर्मा आधिकारीको इजलासका ६ वटा मुद्धामध्ये ३ वटा मुद्धाको फैसला र ३ वटा मुद्धाको आदेश जारी भएको छ । बुधबारका लागि जिल्ला अदालत मकवानपुरमा २० वटा मुद्धाको पेशी तोकिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराई बताउनु भएको छ ।