हेटौंडाः तामाङ घेदुङ संघ मकवानपुरले २८५७ औं सोनाम ल्होसारको अवसरमा शुभाकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
प्रदेश सभा सदस्य ग्लानले लोकतन्त्रमाथि प्रहार भएको र लोकतन्त्रको रक्षाका लागि सबै सजग हुनुपर्ने धारणा राख्नुभयो । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संघीयता ल्याउन योगदान गरेको तामाङ घेदुङले यसको रक्षामा पनि भूमिका निर्वाह गर्नुपर्ने ग्लानले बताउनुभएको छ ।
तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष कालु घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा तामाङ घेदुङ संघका केन्द्रीय सदस्य सुनिल मोक्तान, तामाङ घेदुङ संघको बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, सचिवालय सदस्य सुवास लामाको उपस्थिति रहेको थियो ।