मकवानपुरको एफसी विजय युथ टिम ।

हेटौंडाः महोत्तरीको भंगाहा नगरपालिकाले आयोजना गरेको मेयर कप फुटबल प्रतियोगितामा मकवानपुरको एफसी विजय युथ पराजित भएको छ । बिहीबार भएको सेमीफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै एपीएफले पर्सी शनिबार नेपाल आर्मीसँग उपाधिका लागि खेल्नेछ ।

प्रतियोगिताको उपाधि विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । बुधबार हेटौंडामा सेमीफाइनल खेल जितेको एफसी विजय युथले लगातार खेल्नुपर्दा हार व्यहोर्नु परेको प्रशिक्षक सुविन घिमिरेको भनाइ छ । शुक्रबार हेटौंडामा भिडोल विजय युथ हेटौंडा गोल्डकपको फाइनलमा आयोजक एफसी विजय युथ चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरसँग खेल्दैछ ।