हेटौंडाः नेकपा प्रचण्ड–नेपाल समुहले बुधबार साँझ देशभर राँके जुलुस निकालेको छ । बिहीबार आम हड्तालको घोषणा गरेर बुधबार राति त्यसको झल्को दिन राँके जुलुक निकालिएको हो । देशव्यापी प्रदर्शनको क्रममा मकवानपुरको हेटौंडा, मनहरी लगायत विभिन्न स्थानमा राँके जुलुस निकालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगको ५ जना प्रमुख आयूक्त, अन्य अध्यक्ष र आयुक्तहरु सिफारिस गरेर नियुक्त दिई सपथ ग्रहण गराएको विरोधमा नेकपा प्रचण्ड–समूहले बुधबार साँझ मसाल जुलुस र बिहीबार आम हड्तालको घोषणा गरेको छ । मकवानपुरको हेटौंडामा नेकपा मकवानपुरकी प्रचण्ड नेपाल समूहकी अध्यक्ष मुनु सिग्देलको नेतृत्वमा राँके जुलुस निकालिएको थियो । जुलुसमा प्रचण्ड माधव समूहका नेता कार्यकर्ताहरुको उपस्थितिलाई प्रहरीले हस्तक्षेप समेत गरेको थियो । प्रहरीले हेटौंडा बजार क्षेत्रमा गस्ती पनि बढाएको छ ।