सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७० असार ३१ गते डाँका मुद्दामा ६ वर्ष कैद र २ लाख ६४ हजार रुपैयाँ जरीवानाको आदेश गरेर भुक्तान गर्न बाँकी रहेका हेटौंडा १६ बस्ने ४५ वर्षीय प्रेम बहादुर स्याङ्तान बुधबार पक्राउ परेका छन् ।

जिल्ला अदालत मकवानपुरकै २०७१ असार २३ गतेको फैसलाले वन मुद्दामा १८ दिन कैद र १९ हजार ७ सय ५० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मनहरी ९ बस्ने ४८ वर्षीय हरिकृष्ण न्यौपाने र भेषबहादुर अधिकारीलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको छ । कैद तथा जरीवाना भुक्तानका लागि उनीहरुलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभएको छ ।