साङ्केतिक तस्बिर google.com ।

हेटौंडाः मकवानपुर प्रहरीले सोमबार एकै दिन ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०५६ असार १६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय तोकिएको मकवानपुरगढी–८ का ७३ वर्षीय देवलाल रुम्बा पक्राउ परेका छन् । यसैगरी जिल्ला अदालत मकवानपुरको मिति २०७५ जेठ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना कैद सजाय तोकिएको मनहरी–९ को ४८ वर्षीय चेपाङ माइला भन्ने भोजबहादुर प्रजा पक्राउ परेका छन् ।

जिल्ला अदालत चितवनको मिति २०७४ असार २० गतेको फैसलाले वन मुद्दामा १०-१० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका मनहरी–६ का ४३ वर्षीय रामसिंह लोप्चन, ३२ वर्षीय कान्छा भन्ने राजकुमार तामाङ, २९ वर्षीय छिरिङ मोक्तान र ३८ वर्षीय प्रतापसिंह जिम्बालाई पनि मकवानपुर प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।