तस्बिर goole.com

हेटौंडाः अवैधरुपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा लोड गरी ल्याइरहेको अवस्थामा मकवानपुर प्रहरीले ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आइतबार प्रहरी चौकी भैंसेबाट खटिएको गस्ती टोलीले ट्याक्टर बरामद गरी जरिवाना गराएको हो ।

भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित राप्तीखोलाको बगरबाट अवैध नदीजन्य पदार्थ ल्याइरहेको अवस्थामा एउटा अनटेस्टसहितको ना ४ त ६९१० र मे १ त ७२१० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समितिको कार्यालयमार्फत् जनही ५ हजार रुपैयाँ जरिवाना गराई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।