हेटौंडाः मकवानपुरका ९ सय ६५ जना स्वास्थ्यकर्मीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । गएको ५ दिनको अवधिमा ९ सय ६५ जनाले खोप लगाएको हेटौंडा अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।

१८ वर्षमाथिका स्वास्थयकर्मीहरुलाई खोप लगाइएको उहाँले बताउनुभयो । माघ १४ गतेबाट हेटौंडा अस्पतालमा खोपको पहिलो डोज लगाउन सुरु भएको थियो । पहिलो दिन १ सय १३ जनाले, दोस्रो दिन १ सय १३, तेस्रो दिन १४९ र चौथो दिन १ सय ९९ र पाँचौ दिन ३९१ जनाले खोप लगाएका थिए ।

आजको खोप लगाउनेको संख्या भने साँझ ५ बजे प्राप्त हुने हेटौंडा अस्पतालले जनाएको छ । मकवापनुरमा २ हजार जनालाई पहिलो चरणमा हेटौंडा अस्पतालबाट खोप लगाइदैछ ।