गौरीटार आइसोलेसन, हेटौंडा ।

हेटौंडाः अस्पतालले सञ्चालन गरेको गौरीटार आइसोलेसन वार्डमा अहिले कोरोना संक्रमितको संख्या शून्य छ । कोरोना संक्रमण भएपछि बस्न संस्थागत आइसोलसनको रुपमा स्थापना भएको गौरीटार आइसोलेसनमा हाल एकजना पनि संक्रमित छैनन् । गएको एक हप्तादेखि कोरोना संक्रमित नरहेको आइसोलसन वार्डका इन्चार्ज डा. सागर काफ्लेले बताउनुभयो । यसअघि एकदुई जना संक्रमित रहेपनि हालको अवस्थामा सरकारी आइसोलेसनमा कोरोना संक्रमित छैनन् ।

बागमती प्रदेश सरकारसँगको सहकार्यमा सुरुवात भएको आइसोलेसन वार्डमा भएको संरचना र बेडहरु भने हटाइएको छैन । अब गौरीटारमा आइसोलसन नभएर हेटौंडा अस्पतालकै एक स्थानमा आइसोलेसन वार्ड स्थापना गरिने उहाँले बताउनुभयो । यसका लागि मंगलबार हेटौंडा अस्पतलामा छलफलसमेत भएको छ ।