हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गर्न लागेको एकेडेमीका लागि अन्डर १३ खेलाडी छनौट गर्ने भएको छ । आगामी वर्षदेखि क्लबहरुसँग सहकार्य गरी एन्फाले सञ्चालन गर्न लागेको एकेडेमीका लागि हेटौंडामा पनि १३ वर्ष मुनिका खेलाडी छनौट गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले बताउनुभयो ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस)को खेल मैदानमा माघको तेस्रो सातादेखि अन्तिम सातासम्म खेलाडी छनौट गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो । २०६५ असोज १५ गतेदेखि २०६६ असोज १४ गतेका बीचमा जन्मिएका खेलाडीहरु खुला छनौटमा सहभागी हुनसक्ने अध्यक्ष लामाले बताउनुभयो । छनौट कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरुले अनिवार्य जन्मदर्ता बुझाउनुपर्ने भए पनि जन्मदर्ता बुझाउने मिति भने तय हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।