रिबन काटेर भवनको उद्घाटन गर्दै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–३ स्थित भुन्द्रुङमा सोमबार नमूना कृृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गर्नुभएको छ । ६ कोठे भवन सहकारीले ४१ लाख रुपैयाँ लागतमा निर्माण गरेको जनाएको छ । सहकारी भवन निर्माणका लागि सहकारीले ३६ लाख रुपैयाँ खर्च गरेको छ भने मनहरी गाउँपालीकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

२५० सेयर सदस्य रहेको सहकारीले तरकारी सङ्कलन, कृषक पुस्तकालय, दुग्ध संकलन काम गर्ने कार्य गरिरहेको छ । सहकारीले तरकारी बोक्ने गाडी समेत अनुदानस्वरुप प्राप्त गरेको छ । रासायनिक मल स्थानीयलाई आवश्यक परेको बेला वितरणको कार्य गर्ने गाउँपालीकाका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो । लाल बहादुर मल्लको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो भने वडा नम्बर ३ का सदस्य उद्धव मल्ल लगायतको उपस्थिती रहेको थियो ।