हेटौंडाः बागमती प्रदेश खेलकुुुुद विकास परिषद्को आयोजना, अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग र मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा फुटबल खेलको रेफ्री प्रशिक्षण हेटौंडामा सोमबारबाट सुरु हुने भएको छ । एन्फा अध्यक्ष कर्माछिरीङ शेर्पाको प्रमुख आतिथ्यमा प्रतिक्षणको उद्घाटन कार्यक्रम भएको छ ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुमार लामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट, बागमती खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलकुदको नियमितता र विकासमा प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रशिक्षणका बागमतीका ११ वटा जिल्लाका ३५ जना सहभागी छन् । प्रशिक्षण आगामी बैशाख १८ गतेसम्म चल्नेछ ।