हेटौंडाः हेटौंडा–४ स्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १० औं स्थापना दिवसको अवसरमा आज मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । सहकारीका अध्यक्ष बगान सिंह थिङ तामाङ नेतृत्वको सहकारीका पदाधिकारी, सेयर सदस्य र कर्मचारीको समूहले मानवसेवा आश्रममा पुगेर खाद्यान्न सहयोग गरेको हो ।
समुदायकै संस्थाको रुपमा स्थापित सहकारीले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवाको क्षेत्रमा योगदान गर्ने प्रयास गरेको जनाएको छ । सहकारीले ५ बोरा चामल, एक बोरा आलु, एक कार्टुन तेल, दुई बोरा सोयाविन र नून मसला सहयोग गरेको हो । सहकारीले वार्षिकोत्सवकै अवसरमा कार्यालय परिसरमा दीपावली समेत गरेका छन् । यस्तै सहकारीकी सेयर सदस्य दुर्गादेवी घिमिरेले व्यक्तिगत रुपमा आश्रममा आश्रितहरुलाई खाजा खुवाउनु भएको छ ।