हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी थाहा गोल्डकपको उपाधिका लागि ग्याङस्टार क्लब र ईन्द्रसरोवर भिड्ने भएको छ । आइतबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुबै टिमले फाइनल भिडन्त पक्का गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा ग्याङस्टारले आयोजक एफसी डाँडाबासलाई १–० गोलअन्तरले पराजित गरेको छ । दोश्रो सेमिफाइनल खेलमा ऋषेश्वर एफसी ‘ए’ ११ र ईन्द्रसरोवरबीच निर्धारित समय १–१ गोलको बराबरी टुंगिएको थियो । निर्धारित समय बराबरीमा टुंगिएपछि टाईब्रेकरमा ईन्द्रसरोवरले ऋषेश्वर एफसी ‘ए’ ११ लाई ५—४ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।