सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडामा रोकि राखेको बसको डिकीबाट सामान झिकिरहेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदाँ गएराति एक जनाको मृत्यु भएको छ । २ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ को हनुमानगेट अगाडि ट्रकले ठक्कर दिँदा पर्साको छिपहरमाई गाउँपालिका ५ भिष्वाका २० वर्षीय मोहम्मद कैस मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना. ५ ख २०३४ नंबरको बसको पछाडि ना ६ ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिँदा बसको डिकीबाट सामान झिकिरहेका मियाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा पर्साको छिपहरमाई गाउँपालिका ५ का ३७ वर्षीय अव्जल मिया र २५ वर्षीय इसाद आलम रहेका छन् ।