हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा तेश्रो टोल विकास संस्थास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । यहि माघ ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगित नक आउटका आधारमा खेलाइने आयोजकले जनाएको छ । मकवानपुर बेरोजगार युवा संगठनको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

वडा भित्रका १७ वटा टोल बिकास संस्थाका १८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल साविक विजेता कुस्माण्ड टोल विकास संस्था र प्रगति टोल विकास संस्था बीच माघ ६ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद तीस हजार, सिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कृत गरिने छ । प्रतियोगिता हेटौंडा औद्योगिक क्षेत्रको खेल मैदानमा हुनेछ । फाइनल खेल माघ १४ गते हुनेछ ।