हेटौंडाः मकवानपुरमा आज बिहान योग अभ्यास गरेर राष्ट्रिय योग दिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा वनस्खण्डीमा गएर छैठौं योग दिवस मनाइएको पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
यस्तै आज दिउँसो १ बजे पतञ्जलीको योग भवनमा सूर्य नमस्कार प्रतियोगना आयोजना हुन गइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले सूर्य नमस्कार प्रतियोगताको विजेताले आहार विहार सम्बन्धी पुस्तक पनि प्राप्त गर्ने बताउनुभयो ।
सूर्य नमस्कारको प्रतियोगातामा १२ स्टेप राम्रो सँग गर्नेले पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । यस्तै माघ ३ गते रेडक्रस सोसाइटी र पतञ्जली योग समितिको आयोजनामा दुई स्थानमा रक्तदान कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । वि.सं. २०७२ सालदेखि नेपालले माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउँदै आएको छ । मकावानपुरको सन्दर्भमा पतञ्जली योग समितिले हेटौंडा, बकैया, मनहरी लगायतको ३५ वटा सेन्टरबाट योग सिकाउँदै आइरहेको पतञ्जली योग समिति मकवानपुरका संयोजक रामकृष्ण थापाले जानकारी दिनुभयो ।