हेटौंडाः हेटौंडामा बुधबार भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

स्व.सन्तोषी मैया महर्जनको १६ औं स्मृति दिवसका दिन बुधबार महर्जन परिवारको आयोजनामा हेटौंडा ९ मा भएको रक्तदान कार्यक्रममा ४ जना महिलासहित १४ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले बताउनुभयो ।

रक्तदान कार्यक्रममा हेटौंडा– ९ का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।