हेटौंडाः प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशस्तरीय टिम छनोटका लागि बन्द प्रशिक्षणमा मकवानपुरका चारजना खेलाडी समेटिएका छन् ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2021/01/rijan.jpg)
मकवानपुरका क्याप्टेन राम नरेश गिरीसहित रिजन ढकाल, विशाल फूँयाल र तक्षक सिम्खडालाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2021/01/bishal.jpg)
बन्द प्रशिक्षणमा २५ जना खेलाडी समेटिएका छन् ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2021/01/takssss.jpg)
प्रदेशस्तरीय छनोटमा मकवानपुर जिल्ला समूह चरणबाटै बाहिरिएको थियो ।