प्रतिवेदन मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाउँदै अध्ययन कार्यदलका संयोजक युवराज सङ्गौला

हेटौंडाः बागमती प्रदेशको उच्च शिक्षाको विकासको लागि विश्वविद्यालय स्थापना गर्न बनाएको अध्ययन कार्यदलले मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्री डोरमणि पौडेललाई प्रतिवेदन बुझाएको छ ।

विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका युवराज सङ्ग्रौलाको संयोजकत्वमा बनेको प्रदेशको कार्यदलले आइतबार सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर १७८ पेजको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन ग्रहण गर्नुहुदै प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक छलफल गरेर विश्वविद्यालय संचालन गर्ने ऐन बनाएर अगाडि बढ्न सकिने बताउनुभयो ।

३ महिनाको छोटो अवधिमा प्रतिवेदन बुझाउन सफल भएकोमा उहाँले कार्यदलका सम्पूर्ण टिमलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।