हेटौंडाः पछिल्लो एक दशक अवधिमा मकवानपुर जिल्लामा निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि तयारी कक्षाको अभ्यास व्यापक बनेको छ । औपचारिक शिक्षा अध्ययन गरेर पनि रोजगारीको अवसर पाएन भनेर गुनासो गर्नेहरु बढिरहेका बेला कानुन सेवामा रहनुभएका केशरनाथ अर्याल सरले सुरुवात गर्नुभएको सुशान्त शैक्षिक केन्द्रले मकवानपुर जिल्लाका युवा विद्यार्थीलाई विशेषगरी लोकसेवाको क्षेत्रमा प्रवेश गर्ने माग प्रसस्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अहिले मकवानपुर जिल्लाका युवा विद्यार्थी मात्रै नभएर प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट समेत सयौंको संख्यामा युवा विद्यार्थी हेटौंडा आएर लोकसेवा तयारीको कार्य गर्दै आएको छ । मकवानपुर जिल्लामा लोकसेवा आयोगप्रति युवा विद्यार्थीको आकर्षण बढाउन, लोकसेवा प्रवेशका लागि प्रभावकारी तयारी कक्षा सञ्चालन गर्दै आएको सुशान्त शैक्षिक केन्द्रका व्यवस्थापक एवम् प्रशिक्षक संप्रस पौडेलसँग सामुदायिक रेडियो, रेडियो निकासको कार्यक्रम ‘शिक्षाका कुरा’ को पुस २१ गतेको अंकमा रेडियोका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले कुराकानी गर्नुभएको छ ।
यसअघि हरेक मंगलबार साँझ ५ बजेको निकास सामुदायिक खबरपछि प्रसारण हुँदै आएको कार्यक्रम शिक्षाको कुरा पुस २१ गतेबाट साँझ ७ बजेबाट सुन्न सक्नुहुनेछ । रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।