
हेटौंडाः हेटौंडा क्याम्पसको शिक्षाशास्त्र संकाय स्नातक तह तृतीय वर्षका विद्यार्थीले शारीरिक शिक्षा अन्तर्गत प्रोेजेक्ट मिट कार्यक्रम अनुसार स्नातक तहस्तरीय छात्रा व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । १३ जना छात्रा सहभागी प्रतियोगितामा स्नातक तह प्रथम वर्षकी प्रीति ग्यालन प्रथम, द्वितीय वर्षकी विस्मिता पुडासैनी द्वितीय तथा द्वितीय वर्षकै ईशा दुलाल तृतीय भएकी छिन् ।
स्नातक तह तृतीय वर्षको स्वास्थ्य तथा शारीरिक शिक्षा समूहबाट आयूषा लामाको अध्यक्षातामा आयोजक कमिटी गठन गरिएको थियो । मंगलबार बिहान भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरले प्रमाणपत्र तथा मेडल वितरण गर्नुभएको छ ।
आयोजक कमिटीकी अध्यक्ष आयूषा लामाको अध्यक्षता तथा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा सहायक क्याम्पस प्रमुख देविराम लामा, एमएड कार्यक्रम संयोजक मनोज पोखरेल, स्वास्थ्य तथा शारीरिक विषयका प्राध्यापक दिपेन्द्र ढकालको उपस्थिति रहेको थियो ।