हेटौंडाः आउँदो माघ ७ गते बागमती प्रदेशको प्रदेशसभा बैठक बस्ने तयारी भएको छ । बैठक आह्वानको लागि शुक्रबार बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठक बसिरहेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकलले निर्णय गरेर माघ ७ गते बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई सिफारिस गर्ने भएको हो ।

बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंङ्गेलको उपस्थिति रहेको छ । प्रदेशका ३ जना मन्त्रीहरुले सामुहिक राजीनिमा दिएपछि हाल सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री बिहीन छ ।