Home मुख्य समाचार मेचि–महाकाली अभियान, २८७ जनाको उद्दार

मेचि–महाकाली अभियान, २८७ जनाको उद्दार

हेटौंडाः मानवसेवा आश्रमले राष्ट्रिय उद्दार कार्यक्रम अन्तर्गत एक महिने मेची–महाकाली यात्रामा दुई सय ८७ जना बेसाहारा सडकमानवहरुको उद्दार गरेको छ । उद्दार गरिएको व्यक्तिलाई मानवसेवा आश्रममा राखिएको मानवता प्रवद्र्धन महाअभियानका अभियन्ता मनोज घिमिरेले जानकारी दिनुभएको छ ।

बेसाहारा सडकमानवहरुको उद्दार अभियानमा ससहभागिहरु ।

पुस ७ गतेदेखि सुरु भएको मेची–महाकाली यात्रामा हालसम्म झापा, मोरङ, सुनसरी जिल्लामा बेसहारा सडकमानवको उद्दार गरिएको छ । आइतबार सप्तरी जिल्लामा अभियान टोली पुगेर बेसहारा सडकमानवहरुको उद्दार गर्ने अभियान रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभएको छ । मेची–महाकाली यात्रामा मानवसेवा आश्रमका ३५ जना उद्दार टोली खटिएका छन् ।

Exit mobile version