Home मुख्य समाचार १० विद्यार्थीले मौका परीक्षा दिने

१० विद्यार्थीले मौका परीक्षा दिने

हेटौंडाः कोरोना संक्रमित भई १२ कक्षाको वार्षिक परीक्षामा सहभागी हुन नपाएका १० जना विद्यार्थीले मौका परीक्षा दिने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका अनुसार गत मंसिरमा सञ्चालन गरिएको परीक्षाको समयमा बोर्डको कार्यक्षेत्र रहेको चितवनका ४ जना, पर्साका ३ जना, मकवानपुर, बारा र रौतहटका एक/एकजना रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डको हेटौंडाका प्रशासक सहायक श्याम विलाश खगले राष्ट्रिय परीक्षा बोर्डले पुस १६ गतेबाट परीक्षा तालिका समेत सार्वजनिक गरेको जानकारी दिनुभएको छ ।

Exit mobile version