हेटौंडाः हेटौंडा–४ कान्तिराजपथस्थित पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षता तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष डा. गणेश बल लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
साधारणसभामा सहकारीले संस्थापक अध्यक्ष लक्ष्मीभक्त घिसिङ, ज्येष्ठ सदस्य धनबहादुर डिमडुङ, असल ऋणी सुशील केसरी, असल बचतकर्ता खडलक्ष्मी उप्रेती, बालबचतकर्ता दीर्घायुलाल राजथलालाई सम्मान गरेको छ । छ सय ५१ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी १ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ । साधारणसभाले सञ्चालक समितिमा दुईजनालाई सदस्य चयन गरेको छ । रिक्त रहेको स्थानमा सुनिता श्रेष्ठ र सरोज न्यौपानेलाई सदस्य चयन गर्ने निर्णय गरेको हो । सहकारीले छ करोड ८५ लाख ७३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।