हेटौंडाः हेटौंडा–९, पशुपतिनगरस्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । सहकारीको कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

सहकारीका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षता तथा संविधानसभा सदस्य अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको छ । सहकारीले २५ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी विविध कार्यक्रमको आयोजना गरिरहेको छ ।