हेटौंडाः हेटौंडा–४, पारिजातपथमा साथी मार्ट सञ्चालनमा आएको छ । साथी मार्टले आफ्नो ब्राण्डलाई देशभर फ्रेन्चाइज गर्ने क्रममा शुक्रबार हेटौंडाको साथीमार्ट ५५ औं शाखाको रुपमा सञ्चालनमा आएको हो । हेटौंडामा रजनी श्रेष्ठ र अणु श्रेष्ठले संयुक्त रुपमा मार्ट सञ्चालनमा ल्याएका हुन् । शुक्रबार बिहान छोरी प्रकृतिले साथी मार्टको उद्घाटन गरेकी हुन् ।

करिब ८० लाख रुपैयाँ लगानी गरेर सञ्चालनमा आएको साथी मार्टमा दैनिक उपभोग्य खाद्यान्न, दुग्धजन्य पदार्थ, फ्रोजन, बेकरी, पेय पदार्थ, कस्मेटिक्स लगायतका वस्तु विक्रीका लागि राखिएको छ । बागमती प्रदेशको राजधानी भएसँगै हेटौंडाको बढ्दो जनघनत्व र सहज किनमेलका लागि आवश्यकताअनुसार मार्ट सञ्चालनमा ल्याइएको सञ्चालक रजनी श्रेष्ठको भनाइ छ । देशभर फ्रेन्चाइज स्वरुपमा सेवा विस्तार गरिरहेको साथी मार्टका उपभोग्य वस्तु उपभोक्ताका लागि आकर्षणको विषय समेत हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबारदेखि तीनदिन उद्घाटनको अवसरमा उपभोक्तालाई ५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।