मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बागमती प्रदेश सभामा शुक्रबार दिउँसो ११ बजे २५ मिनेटमा बागमती प्रदेश सरकारका आन्तरिक ममिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।

कानुनमन्त्री जम्कट्टेलको प्रस्तावलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समर्थन गर्नुहुँदै अश्विासको प्रस्ताव दर्ता गरिएको छ । बागमती प्रदेश सभाका ११० जना सदस्य मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।